आज पनि निलम्बित प्रधानन्यायाधीशको जबरासँग बयान लिइने
काठमाडाैं, भदाै २६ : संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिइने छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग...
काठमाडाैं, भदाै २६ : संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयान लिइने छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान लिइने छ।
सिफारिस समितिले जबरासँग भदौ १५ गतेदेखि बनाइ लिन थालेको थियो। यसअघिका बयानका क्रममा जबराले आफूमाथिको महाभियोग निरर्थक भएको बताएका थिए।
जबराले समितिमा बसेका सांसदहरूको बारेमा समेत प्रश्न उठाउँदै आफूमाथि अनावश्यक आरोप लगाइमा आक्रोश पोखेका थिए।
जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए, त्यसलगत्तै उनी निलम्बनमा परेका थिए।
छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको हाे।
प्रकाशित मिति: १०:४२ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











