बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन, भदौ २६ : चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी छन्...
चितवन, भदौ २६ : चितवनको माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैंसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको थियो।
शनिबारदेखि हराएका अधिकारी आज बिहान बजे मृत भेटिएका थिए। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ।
प्रकाशित मिति: १०:२७ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











