Kathmandu Press

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना

काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।उनको मिर्गौलामा पत्थरी भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना

काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।

उनको मिर्गौलामा पत्थरी भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। आज ११ बजे शल्यक्रिया हुने अस्पतालले जनाएको छ।

केही दिनदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनले स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकहरुले पत्थरीका लागि शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन्। सानो अप्रेशन गर्नु परेकाले सम्पर्क नहुने जनाएका छन्।

प्रकाशित मिति: ०८:५८ बजे, आइतबार, भदौ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्