एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो
काठमाडौं, भदौ २६ : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ।नेपाल प्रहरीको मानव स्रोत विकास विभागले आज सूचना...
काठमाडौं, भदौ २६ : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ।
नेपाल प्रहरीको मानव स्रोत विकास विभागले आज सूचना प्रकाशित गरी एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलेको जनाएको छ। म्यादी प्रहरीमा भर्ना हुनका लागि दरखास्त आह्वान गरिएको छ।
म्यादी प्रहरीमा भर्ना हुन भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिनेछ। सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइनेछ।
म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना:

प्रकाशित मिति: ०७:०२ बजे, आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











