Kathmandu Press

महिला साफ फुबटल : समूह एबाट भारत र बंगलादेश सेमिफाइनलमा

काठमाडाैं, भदाै २५ : काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार दशरथ रंगशालमा भएको खेलमा जित निकाल्दै...
महिला साफ फुबटल : समूह एबाट भारत र बंगलादेश सेमिफाइनलमा

काठमाडाैं, भदाै २५ : काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार दशरथ रंगशालमा भएको खेलमा जित निकाल्दै भारत र बंगलादेश समूह एबाट सेमिफाइनलमा पुगेका हुन्।

शनिबार भएको खेलमा भारतले माल्दिभ्समाथि ९–०को फराकिलो जित निकाल्दा बंगलादेशले पाकिस्तानलाई ६–० ले हरायो। प्रतियोगितामा समान २ जित निकाले भारत गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ, भने बंगलादेश दोस्रो स्थानमा छ। अब यी दुई बीचको खेलपछि सूमह विजेता र उपविजेताको टुंगो लाग्ने छ।

माल्दिभ्सविरुद्ध भारतलाई फराकिलो जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित चार गोल गरिन् भने ग्रेस डांगमाईले दुई तथा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले पनि गोल गरे।

पहिलो हाफमा ३ गोल गरेको भारतले दोस्रो हाफमा ६ गोल गरेको थियो । २४औं मिनेटमा अन्जुले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। ४२औं मिनेटमा प्रियंकाले भारतको अग्रता दोब्बर बनाइन् । इन्जुरी समयमा अन्जुले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–०मा अवस्थामा ल्याइन्।

ग्रेसले ५३औं मिनेटमा गोल गरेपछि भारतले ४–० को अग्रता लियो । सौम्या ५५औं र ८४औं मिनेटमा काश्मिनाले गोल गरेपछि भारतले खेलमा ६–०को अग्रता लियो।

अन्जुले ८५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरिन् । त्यसपछि ८७औं मिनेटमा ग्रेस र ८८औं मिनेटमा अन्जुले नै गोल गरेपछि खेलमा भारत ९–० ले विजयी भयो।

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्