वर्षाले प्रभावित राष्ट्रिय खेलकुद : शनिबारका तीनै खेल रद्द
काठमाडाैं, भदाै २५ : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट एक महिनाअघि नै काठमाडौंमा आयोजना भइरहेको छ। तर, प्रतियोगिता...
काठमाडाैं, भदाै २५ : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट एक महिनाअघि नै काठमाडौंमा आयोजना भइरहेको छ। तर, प्रतियोगिता भने वर्षाले नराम्ररी प्रभावित भएको छ।
बिहीबारबाट सुरु भएको प्रतियोगितामा अहिलेसम्म ११ खेल सकिएका छन्। तीमध्ये एनआरएनए र सुदरपश्चिमबीचको उद्घाटन खेलमा मात्र नतिजा आएको छ, त्यो पछि ६ ओभरमात्र खेलाएर । यस्तै, एनआरएनए र एपिएफबीचको खेलको पहिलो इनिङको १३.२ सम्भव भएको थियो ।
ती बाहेक ९ खेल वर्षाका कारण हुनै सकेनन् । शनिबार पनि तीन खेल हुने तालिका थियो, तर राजधानीमा निरन्तर वर्षा भइरहेका कारण तीनवटै खेल रद्द भए।
शनिबार कीर्तिपुरमा प्रदेश–१ र एपीएफ तथा गण्डकी प्रदेश र त्रिभुवन आर्मीबीचको हुने तालिका थियो । यस्तै, मुलपानीमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल हुने तालिका थियो। खेल रद्द भएपछि सबै टिमले समान १ अंक पाएका छन्।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टिम सहभागी छन्।











