‘गठबन्धनबारे गलत प्रचार हुनेगरी कांग्रेसका कुनै नेताले नबाेलाैं’
काठमाडाैं, भदाै २५ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका छन्।शनिबार काठमाडौंमा बृहत तरुण भेला...
काठमाडाैं, भदाै २५ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनलाई बचाएर निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका छन्।
शनिबार काठमाडौंमा बृहत तरुण भेला उद्घाटन गर्दै खाँणले गठबन्धनलाई कायम राखेर आम निर्वाचन सुनिश्चित र सुरक्षितका साथै शान्ति सुरक्षा सहित सम्पन्न गर्ने दायित्व आफ्नो भएको बताएका हुन्।
उनले अहिले गठबन्धन तोड्ने निर्णय कांग्रेसले नगर्ने भन्दै गठबन्धनको विषयमा गलत प्रचारका साथ कांग्रेसका कोही पनि नेताले भाषण गर्न नहुने धारणा राखे।
त्यस्तै उनले देशका सवै तहमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु रहेकाले सिट बाँडफाँट गर्दा आफ्नो प्रभाव बढी भएको क्षेत्र नगुमाउने गरि बुद्धिमतापूर्वक कांग्रेसले अडान राख्नुपर्ने बताए।
संविधानलाई कार्यान्वयन गराउने प्रमुख दायित्व कांग्रेसको भएकाले सवै दललाई लिएर अघि बढ्ने दायित्व पनि काग्रेसको भएको उनले बताए। खाँणले गठबन्धनका अर्को दलको उम्मेद्वारलाई जिताउने चुनौती पार्टीमा रहेको बताए।
उहाले भोट ट्रान्सपर जस्तो चुनौतीपूर्ण काम गठबन्धनका अन्य दललाई पनि रहेकाले यसलाइ सफलतापूर्वक सम्पन्न गर्ने उल्लेख गरे।











