को–को बने नेपाल टी–२० लिगको मार्की खेलाडी?
काठमाडाैं, भदाै २५ : नेपाल क्रिकेट संघ (क्यान) ले ‘नेपाल टी-२० लिग’का लागि मार्की खेलाडी छनोट गरेको छ। क्यानले शनिबार प्रतियोगितामा सहभागी ६...
काठमाडाैं, भदाै २५ : नेपाल क्रिकेट संघ (क्यान) ले ‘नेपाल टी-२० लिग’का लागि मार्की खेलाडी छनोट गरेको छ। क्यानले शनिबार प्रतियोगितामा सहभागी ६ टिमका लागि राष्ट्रिय टिममा प्रतिनित्व गरेका ६ स्टारलाई मार्की खेलाडी बनाएको हो।
क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्लदेखि भर्खरै सम्पन्न केन्या भ्रमणमा नेपाली टिमको नतृत्व गरेका रोहितकुमार पौडेलसम्म छ। प्रत्योगितामा सहभागी ६ टिमले १५ लाख रुपैयाँ खर्चिए मार्की खेलाडी अनुबन्धन गरेका हुन्।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं कान्तिपुरको मार्की खेलाडी बन्दा विराटनगर सुपरकिंग्सले रोहितलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ।
यस्तै, ओपनर आसिफ सेख पोखरा एभेन्जर्स, अलराउन्डर दीपेन्द्रसिंह ऐरी लुम्बिनी अलस्टार्स, फास्ट बलर करण केसी फारवेस्टर्न युनाइटेडको मार्की खेलाडी बन्दा अर्का फास्ट बलर सोमपाल कामी जनकपुर रोयल्सको मार्की खेलाडी बनेका छन्।
बिकेनन् ए ग्रेडका ५ खेलाडी
क्यानले लिगको अक्सनका लागि नाम दर्ता गराएका ९२ खेलाडीमध्ये १२ खेलाडीलाई ए ग्रेडमा राखेको थियो। शनिबार क्यानले ए ग्रेडका खेलाडीको अक्सन गरेको थियो। जसमा ७ खेलाडी बिक्दा ५ खलाडीमा कुनै टिमले चासो दिएनन्।
बिकेका ७ मध्ये ६ खेलाडी टिमले मार्की खेलाडीका रुपमा अनुबन्ध गर्दा शरद भेषावकरलाई पोखराले अनुबन्धन गरेको छ। शरदका लागि पनि पोखराले १५ लाख नै खर्चियो।
यस्तै, राष्ट्रिय टिमका नियमति ओपनर कुशल भुर्तेल, विकेटकिपर ब्याट्सम्यानद्वय सुवास खकुरेल र विनोद भण्डारी, फास्ट बलर अविनाश बोहरा र अलराउन्डर आरिफ सेख बिक्न नसकेका हुन्।
ए ग्रेडमा बिक्न नसकेका यी पाँचै खेलाडी अब बी ग्रेडबाट पुनः असक्नमा आउने छन्। बी र सी ग्रेडका खेलाडीको अक्सन आइतबार हुनेछ।
ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेगका खेलाडीले १० र सी ग्रेडका खेलाडीले ५ लाख रुपैयाँ पाउने छन्। आइतबार हुने अक्नसमा बी ग्रेडका ३७, सी ग्रेडका ४८ खेलाडी सहभागी हुनेछन्।
पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ।











