Kathmandu Press

गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन : पोखरेल

काठमाडाैं, भदाै २५ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका छन्।एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार...
गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन : पोखरेल

काठमाडाैं, भदाै २५ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका छन्।

एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको विरोध गर्न मात्रै बनेको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका हुन्।

उनले आगामी निर्वाचनमा गठबन्धनको सवै षडयन्त्रलाई चिर्दै एमालेले बहुमति ल्याउने दाबी पनि गरे। अहिलेको तथ्यले प्रतिनिधिसभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उनको भनाइ छ।

त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केही स्थानमा केही दलहरुसंँग चुनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राखे।

पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापित गरेको जिकिर गरे।

पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन लगाएका विषयमा देखिएको कमीकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राखे।

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्