Kathmandu Press

पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ सार्वजनिक

काठमाडौं, भदौ २४ : पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ आज सार्वजनिक भएको छ । पूर्वराजदूत नीलाम्बर आचार्य,...
पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ सार्वजनिक
Hardik ivf

काठमाडौं, भदौ २४ : पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ आज सार्वजनिक भएको छ । पूर्वराजदूत नीलाम्बर आचार्य, बुबा इन्द्रप्रसाद र आमा रनधाता पोखरेललगायतले उक्त पुस्तक सार्वजनिक गरेका हुन्। 

पूर्वराजदूत आचार्यले पुस्तकमा समाजवादका विषयमा गहन अध्ययन गरी तयार पारिएको हुनाले पढ्नका लागि पुस्तक उपयुक्त भएको बताए। 
 
लेखक पोखरेलले नेपालको राजनीतिक परिवर्तनमा एमालले खेलेको भूमिका, संविधान निर्माणमा पु¥याएको योगदान र कम्युनिष्ट सरकारको नेतृत्वमा भएका उपलब्धिलाई पुस्तकमा समेटेको बताए। 

‘मुलुकको विकासका लागि प्राकृतिक स्रोतसाधनको कसरी उपयोग गर्न सकिन्छ भन्ने बारे आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु,’ उनले भने। 
    
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पुस्तकको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध घनिष्ठ र सुमधुर हुनुपर्ने, पार्टीभित्र विकृति र विसङ्गति अन्त्य गर्न पार्टी शुद्धीकरणको विशेष प्रयास हुनुपर्ने, पार्टीको आन्तरिक जीवन लोकतान्त्रिक, पारदर्शीका हुनुपर्ने भनी पार्टीका लागि दिएको सुझाव महत्वपूर्ण भएको बताए। 
    
जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको उक्त पुस्तकमा विभिन्न समयमा प्रकाशन भएका चार सय लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ।  

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्