Kathmandu Press

‘ऐना झ्यालको पुतली’ले पाएन सिनेमा हलमा स्थान

काठमाडौं, भदौं २३ : शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई सिनेमा हलमा स्थान नदिएको भन्दै निमार्ण पक्षले आपत्ती जनाएको...
‘ऐना झ्यालको पुतली’ले पाएन सिनेमा हलमा स्थान

काठमाडौं, भदौं २३ : शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ लाई सिनेमा हलमा स्थान नदिएको भन्दै निमार्ण पक्षले आपत्ती जनाएको छ। बिहिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदैं निमार्ण पक्ष्ले भोलि प्रदशमा आउने चलचित्रको समयनै थाहा नभएको बताए।

चलचित्र निर्देशक तथा निर्माता सुजित बिडारीले फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफू अनविज्ञ रहेको बताए। उनले भने,‘मैले फिल्म बनाएपनि फिल्म देखाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो।’

Hardik ivf

फिल्म प्रदर्शन एक प्रकारको व्यापार हो भन्दै उनले सित्तैमा चलचित्र प्रदर्शन गर्न सिनेमा हललाई नभनेको बताए। उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो गरे।

फिल्म शो को समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो? त्यसबारे पनि आफुलाई केही थाहा नभएको उनको भनाइ छ । ‘चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो’ उनले भने, ‘क्विक एक्सन केही हुनुपथ्र्यो होला।’

चलचित्र निर्माता आकाश पौडेलले चलचित्र भोलि रिलिज हुने भनेपनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएकोले कसैले सोधेमा आफूसँग कुनै जवाm नभएको बताए।

६० वर्ष अघि नेपाली फिल्मको सुरुवात भएपनि उद्योगको अवस्था जहाँको त्यही रहेको उनको भनाइ छ ।

अर्का निर्माता रामकृष्ण पोखरेलले सबै फिल्मलाई हलहरुले प्रदर्शन गर्ने मौका दिनुपर्ने धारणा राखेका छन । उनले सिनेमा हलहरुले राम्रो फिल्मलाई सहयोग नै नगर्ने आरोप लगाए। ‘यो फिल्ममा कलाकार नै ठुलो छैनन् भन्ने, कहिले के भन्ने गर्छन । नयाँ निर्माताहरुलाई स्पेश नै दिँदैनन्,’ उनले भने।

प्रकाशित मिति: १९:०० बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्