दुई वर्षमा कर्णालीका सबै घरमा बिजुली पुर्याउनेगरी काम भइरहेकाे छ : मन्त्री भुुसाल
काठमाडाैं, भदाै २२ : ऊर्जा मन्त्री पम्फा भुुसालले दुई वर्षभित्र प्रसारण लाइनमार्फत कर्णालीका सबै घरमा विद्युतको पहुँच पुर्याउनेगरी काम भइरहेको बताएकी छन्।बुधबार प्रतिनिधिसभा...
काठमाडाैं, भदाै २२ : ऊर्जा मन्त्री पम्फा भुुसालले दुई वर्षभित्र प्रसारण लाइनमार्फत कर्णालीका सबै घरमा विद्युतको पहुँच पुर्याउनेगरी काम भइरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद भीमबहादुर रावलले राखेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा मन्त्री भुसालले अहिले प्रसारण लाईन नपुगेका स्थानमा पनि बैकल्पीक ऊर्जाका माध्यमबाट विद्युतको पहुच पुर्याइएको समेत बताए।
उनले आर्थिक र प्राविधिक कारण अपेक्षाअनुसार विधुतको उत्पादन गर्न नसकिएको उल्लेख गरे। त्यस्तै उनले जलाशययुक्त जलविद्युत् आयोजनामध्ये धेरैको अध्ययन भइरहेको र बुढीगंगा र दूधकोसी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिए। मन्त्री भुसालले पाँच वर्षभित्र सरकारले लिएको विद्युत उत्पादनको लक्ष्य हासिल गर्न कठिन भए पनि काम भने तीव्रताका साथ भइरहेको बताए।
त्यसअघि जरुरी सार्वजनिक महत्वमाथिको प्रस्तावका क्रममा रावलले नेपालका सवै स्थानमा बिद्युतको पहुँच पुराएर मात्रै विद्युत् निर्यात नीति प्रवर्धन गर्नुपर्ने बताए। उनले नेपालको केही आयोजनाहरु भारतको जिम्मा लगाउने काम नेपालको हितमा नरहेको र यसले भविष्यमा विद्युत बिक्रीवितरणमा समेत असर पार्न सक्ने तर्क गरे।
प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधिसभाको अर्को बैठक २५ गते शनिबार बोलाइएको छ।











