Kathmandu Press

महिला साफ च्याम्पियनसिप फुटबल, भारतद्वारा पाकिस्तान ३-० ले पराजित

काठमाडाैं, भदाै २२ : नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साबिक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको...
महिला साफ च्याम्पियनसिप फुटबल, भारतद्वारा पाकिस्तान ३-० ले पराजित

काठमाडाैं, भदाै २२ : नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साबिक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो।

भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो। खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो।

खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३–० को जित दिलाइन्।

जितसँगै समूह ’ए’ को भारतले ३ अंक जोडेको छ। प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल असोज ३ गते हुनेछ।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्