Kathmandu Press

यी हुन् सुनिताका सय दिनका १५ काम

काठमाडौं, भदाै २२ : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूले १०० दिनमा गरेको सय दिनको कामको फेहरिस्त सार्वजनिक गरेकी छन्।डंगोलले एक वक्तव्य जारी...
यी हुन् सुनिताका सय दिनका १५ काम

काठमाडौं, भदाै २२ : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूले १०० दिनमा गरेको सय दिनको कामको फेहरिस्त सार्वजनिक गरेकी छन्।

डंगोलले एक श्वेतपत्र जारी गरेर सय दिनमा सम्पन्न भएका १५ वटा काम र सुरु गरिएका १० योजनाबारे जानकारी दिएकी छन्।

उनले यो सय दिनको अन्तरालमा आफूले २४४ वटा पुराना विवादको न्यायिक सुनुवाइ गरी ११ वटा विवाद किनारा लगाएको उल्लेख गरेकी छन्।

साथै फोहोर व्यवस्थापनमा सकारात्मक पहल गरेको जानकारी दिँदै उनले भनेकी छन्, ‘पटकपटकको प्रयासपछि नुवाकोटको सिसडोल र बन्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ,’ श्वेतपत्रमा भनिएको छ, ‘दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायत पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरूका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालीन फोहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरू अघि बढाएका छौं।’

यस्तै, वडास्तरीय महिला सेल गठन, राजस्व परामर्श समितिको गठन, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयासदेखि शिक्षा क्षेत्रमा सुधारका कामहरू भएको कुरा उल्लेख गरिएको छ। 

ुहिंसामा परेका महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा महिला सेल गठन गर्ने पहिलो निर्णय गरेको पनि उनले उल्लेख गरेकी छन्। 

सो अवधिमा महानगरभित्रका विभिन्न संघसंस्था, समुदाय, गुठीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भई प्रत्यक्ष अन्तर्क्रिया गर्ने, सुझाव लिने र समस्या बुझ्ने कार्य गरिएको उनले जानकारी दिएकी छन्।  

विभिन्न शारीरिक अपांयता भएका ५ सय ७२ जनालाई परिचय पत्र वितरण गरिनुका साथै आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गरेको उनले वक्तव्यमा उल्लेख गरेकी छन्। 

मानव बेचबिखन ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रही मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा समिति गठन भइसकेको उनले बताएकी छन्। ‘बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भइसकेको छ,’ उनले लेखेकी छन्।

नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उद्देश्यले आफूसहितको पहलमा इन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएको उनको भनाइ छ। त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलगायत विभिन्न गुठीहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैं आएका उनको भनाइ छ।

त्यसैगरी स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपालभाषाका केही डिजिटल शव्दकोशजस्ता सन्दर्भ सामग्री तयार पार्ने, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिने कार्य भइरहेको उनले बताएकी छन्। 

दरबार हाइस्कुल र कन्या माविलाई राष्ट्रियस्तरको नमुना विद्यालयका रूपमा विकास गर्नेजस्ता कार्यक्रम पनि अघि बढाइएको, घरजग्गा बहालमा लिनेदिने व्यक्तिबीच हुने विवाद समाधन गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जुमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारबाही अघि बढाएको उल्लेख छ। 

उपमयेर डंगोलले आगामी दिनमा पनि सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएकी छन्।

सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारबाही अघि बढेको, करको दायरा वृद्धि गरी वैैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णयबमोजिम सहजिकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको उनले बताएकी छन्। 

हेर्नुहोस् श्वेतपत्र

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्