Kathmandu Press

जनार्दन शर्माद्वारा पार्टीकाे उपमहासचिव पद अस्वीकार 

अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्दै शर्माले आफू पार्टीको उपमहासचिवको हैसियतले नभई संगठन विभाग प्रमुखको हैसियतले उपस्थित भएको बताए ।
जनार्दन शर्माद्वारा पार्टीकाे उपमहासचिव पद अस्वीकार 
फाइल तस्बिर

काठमाडौं, भदौ २२ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन्। 

बुधबार दिउँसो अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्सं घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममाा शर्माले पार्टीको उपमहासचिव पद स्वीकार नगरेको संकेत दिएका हुन् । 

अध्यक्ष प्रचण्ड भन्दा पहिले बोलेका  शर्माले आफू पार्टीको उपमहासचिवको हैसियतले नभई संगठन विभाग प्रमुखको हैसियतले उपस्थित भएको बताए ।  ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु,’ उनले भने । 

शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए । 

माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।
 

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्