Kathmandu Press

माओवादी केन्द्र बलियो नहुँदासम्म प्रतिगमनको खतरा रहिरहन्छ : प्रचण्ड

काठमाडौं, भदौ २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने बताएका छन्...
माओवादी केन्द्र बलियो नहुँदासम्म प्रतिगमनको खतरा रहिरहन्छ : प्रचण्ड

काठमाडौं, भदौ २२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने बताएका छन् । 

बुधबार काठमाडौंमा अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अघिल्लो वर्ष सडक संघर्ष गरेर प्रतिगमनलाई  तत्कालका लागि परास्त गरिएको भएपनि खतरा नटरिसकेको बताएका हुन् । 

‘अब आउने निर्वाचनबाट देशको राजनीति, आर्थिक समृद्धि र विकासलाई नयाँ उचाईमा पु¥याउनु छ,’ उनले भने, ‘नयाँ उचाईमा जबसम्म माओवादी केन्द्र बलियो भएर आउँदैन जहिले पनि प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरन्छ ।’

उनले सोही अनुसार फिल्डमा खटिन विद्यार्थीहरुलाई निर्देशन दिए । माओवादी आन्दोलनलाई बलियो बनाउन गाउँगाउँ पुगेर जनतामा चेतना बाँड्न उनले आग्रह गरे । 

‘जतिबेला हामी जनवादी क्रान्तिको तयारी गरिरहेका थियौं,  जनयुद्धको तयारीका कुरा गर्र्दै थियौं, करिबकरिब तपाईँहरुकै उमेरका थियौं,’ विद्यार्थीहरु नेताहरुमाझ प्रचण्डले भने, ‘माजवादी क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं, त्यसको नेतृत्व तपाईँहरुको काँधमा छ । के तपाईँहरु समाजवादी क्रान्तिको नेतृत्व गर्न तयार हुनुहुन्छ ? आफूलाई त्यसअनुसार तयार गर्न सक्नुहुन्छ ?

उनले माओवादी केन्द्रको नेतृत्व गर्न तयार हुन विद्यार्थी नेताहरुलाई अपिल गरेका छन् ।  
 

प्रकाशित मिति: १४:४९ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्