कर्मचारीले जिम्मेवारीपूर्वक काम गरे देश विकास हुन समय लाग्दैन : प्रधानमन्त्री
काठमाडाैं, भदाै २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। निजामती सेवा दिवसका अवसरमा आज (बुधबार)...
काठमाडाैं, भदाै २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। निजामती सेवा दिवसका अवसरमा आज (बुधबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन्।
कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने उनको भनाइ थियो। कर्मचारीहरू स्थायी सरकार भएकाले राजनीतिक दलहरूले मात्रै देश विकासको काम गर्न नसक्ने उनले बताए।
उनले कर्मचारीको सहयोगबिना देशको विकास हुनै नसक्ने स्पष्ट पारे। त्यसकारण, देश विकासका लागि उल्लेखनीय काम गर्ने कर्मचारीलाई चाहिने सुविधा दिन सरकार तयार रहेको पनि उनको भनाइ थियो।
उनले देश दुर्गतिमा जानुको खास कारण पहिल्याउनपर्ने आवश्यकता पनि औंल्याए। उनले देशलाई कसरी विकसित बनाउन सकिन्छ भन्नेबारे व्यापक छलफल हुनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री देउवाले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहेका कारण पनि काम अघि बढ्न नसकेको बताए। स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे। अहिले देशको आम्दानी नहुँदा कर्मचारीलाई विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताए।









-ink-1740145571.jpeg)

