Kathmandu Press

निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गरिएको भन्दै एमालेकाे आपत्ति

काठमाडाैं, भदाै २२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले...
निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गरिएको भन्दै एमालेकाे आपत्ति

काठमाडाैं, भदाै २२ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगाएतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुने गरी सरुवा गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन्। उनले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गरे।

कामचलाउ सरकारको रुपमा रहेको सरकारले धमाधम दूरगामी महत्वका विधेयक ल्याउने र कर्मचारीको जथाभावी सरुवा गर्नु उचित नभएको उनको भनाइ थियाे।

उनले स्थानीय तहको निर्वाचनमा जस्तै अवको निर्वाचनमा पनि कुनै प्रकारको हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी पनि दिए। उनले मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गरे।

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्