चेल्सीले बर्खास्त गर्यो प्रशिक्षक टुचेल
काठमाडाैं, भदाै २२ : इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। च्याम्पियन्स लिगको पहिलो खेलमा क्रोएसियन क्बल डाइनामो जाग्रेबसँग पराजित...
काठमाडाैं, भदाै २२ : इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। च्याम्पियन्स लिगको पहिलो खेलमा क्रोएसियन क्बल डाइनामो जाग्रेबसँग पराजित भएको २४ घण्टा पनि नबित्दै चेल्सी जर्मन प्रशिक्षक टुचेललाई बर्खास्त गरेको हो ।
चेल्सीले टुचेललाई बर्खास्त गरेको उल्लेख गरेको छ । समर ट्रान्सफर विन्डोमा ठूलो रकम खर्चिएको चेल्सीले सिजनको सुरुआतमै प्रशिक्षक बर्खास्त गर्नुलाई आश्यर्चजनक रुपमा हेरिएको छ।
चेल्सीले यो सिजन म्यान्चेस्टर सिटीबाट रहिम स्टर्लिङ, बार्सिलोनाबाट पिएरे अमेरिक औबामियाङ, लेस्टर सिटीबाट वेस्ली फोफाना, ब्राइटनबाट मार्क कुकुरेला र एस्टनभिल्लाबाट कार्नी चुकुमुएकालाई किनेको थियो भने युभेन्टसबाट लोनमा डेनिस जाकारियालाई ल्याएको थियो ।
चेल्सीले यो सिजन प्रियिमर लिगमा ६ खेलमा ३ जित, २ हार र १ बराबरी खेलेको छ।
टुचेल सन् २०२१ को जनवरीमा १८ महिनाको सम्झौता गर्दै टुचेल चेल्सी आएको थिए । उनले यो सिजनको सुरुआतमै चेल्सीसँग सम्झौता नवीकरण गरेका थिए। चेल्सीलाई उनले च्याम्पियन्स लिग, युईएफए सुपर कप, क्लब विश्वकप जिताएका थिए।











