विभन्न देशका १८ नगर प्रमुखलाई इन्द्रजात्रा हेर्न आउन बालेनकाे निम्तो
काठमाडौं, भदाै २२ : काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो गरिएको...
काठमाडौं, भदाै २२ : काठमाडौं महानगरपालिकाले काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका १८ नगर प्रमुखलाई जात्रा हेर्न निम्तो दिएको छ।
इन्द्रजात्राका सन्दर्भमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले चीन, जापान, अमेरिका, दक्षिण कोरिया, भारत लगाएतका देशका भगिनी नगरहरुलाई जात्रा हेर्न निम्तो गरिएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहले नेपालमा आएका नगरप्रमुखले आफ्नो देशमा फर्किएपछि नेपालको संस्कृतिको प्रचार गर्ने भएकाले विदेशी पाहुनालाइ बोलाइएको जानकारी दिए।
उनले देशकै महत्वपूर्ण जात्रालाई भव्य रुपमा मनाइने भन्दै सम्पदा र संस्कृतिको जर्गेना गर्न सक्ने सांस्कृतिक पर्यटन भित्राउन सहज हुने विश्वास व्यक्त गरे।
त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो दिइसकेको बताइन्। काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ छ।
बुधबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगाे ठड्याइएपछि प्रारम्भ भएको जात्रा रथयात्रा र देवदेवताको पूजाआजा गरी मनाइन्छ।









-ink-1740145571.jpeg)

