राष्ट्रियसभाका चार समितिमा सभापतिका लागि उम्मेदवारी दर्ता

काठमाडाैं, भदाै २२ : राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ।
सबै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सवै सर्वसम्मत भएका छन्। यद्यपि बिहीबार बसेको समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद सचिवालयले जनाएको छ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन्।
त्यस्तै विधायन व्यस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रका छन्।
त्यस्तै प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्माले उम्मेदवारी दिएका छन् भने उनको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा रहेका छन्।
त्यसैगरि राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलले उम्मेदवारी दिएका छन्, उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिए। उनले बिहीबार बस्ने उक्त समितिको बैठकले सभापति चयन गर्ने बताए।
चार समितिमध्ये विधायन नेकपा एकीकृत समाजवादी, दिगो विकास कांग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा एमालेले लिएको छ।









-ink-1740145571.jpeg)

