Kathmandu Press

केन्याबाट नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडाैं, भदाै २२ : केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन्।नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन्। नेपाली टोलीलाई नेपाल...
केन्याबाट नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडाैं, भदाै २२ : केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन्।

नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएका हुन्। नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए। नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो। नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।

यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो। स्वदेश फर्किलगतै एकदिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगीतामा नयाँ अनुभव प्राप्त भएको बताए। उहाले आफुले कप्तानको भूमिकामा सवै खेलाडीको साथ पाएको बताए।

त्यस्तै खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताउनुभयो। लामो समयपछि टीममा जोडिदा सुरुमा केहि कठिनाई भएपनि सन्तोषजनक खेल प्रदर्शन गरेको उनको भनाइ छ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्