Kathmandu Press

बसुन्धारामा अवैध संरचना हटाउन महानगरको डोजर (तस्बिरहरु) 

बसुन्धारामा अवैध संरचना हटाउन महानगरको डोजर (तस्बिरहरु) 

काठमाडौं, भदौ २२ : काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।  

बुधबार बिहानै महानगरको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको हो । त्यस्तै सो क्षेत्रमा नक्सापास बिपरित बनाइएका घर टहराका साथै सडक मिचेर बनाइएका कम्पाउण्ड पनि महानगरले भत्काएको छ भने सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ।

काठमाडौं महानगरपालिकाले सबै वडामा निर्माण गरिएका अवैध संरचना हटाइरहेको छ । महानगरपलिकाले नक्सा पास नगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दाविपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो । त्यस्तै व्यापारिक भवनको बेसमेन्टमा पार्किङ उल्लेख गरेर नक्सा पास गरिए पार्किङ नराखिएका संरचना हटाउने अभियानलाई महानगरले जारी राखेको छ । 

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्