Kathmandu Press

सन्दीप लामिछानेबारे निर्णय लिन क्यानको बैठक बस्दै

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेबारे निर्णय लिन बुधबार साँझ बैठक बोलाइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 
सन्दीप लामिछानेबारे निर्णय लिन क्यानको बैठक बस्दै

काठमाडौं, भदौ २२ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेबारे निर्णय लिन बैठक बोलाएको छ । 

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेबारे निर्णय लिन बुधबार साँझ बैठक बोलाइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

उनले सन्दीपविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको विषयमा आफूहरु जानकार रहेको र त्यसबारे बोर्डको बैठक बसेर निर्णय गरिने बताए । आरोपमात्रै हो, दोषी साबित भइसकेका छैनन्,तैपनी हामी बोर्डको नियमानुसार निर्णय गर्छौ,’ चन्दले भने, ‘ साँझसम्म निर्णय हुन्छ।’

क्रिकेटमार्फत कम उमेरमै लोकप्रिय बनेको सन्दीपमाथि संगिन आरोप लागेसँगै उनको करिअरमा संकट पैदा भएको छ । गम्भिर आरोप भएका कारण क्यानले उनलाई सो मुद्दाको फैसला नभएसम्म निलम्बनमा समेत राख्न सक्छ ।  

सन्दीप अहिले क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । 
 
प्रकाशित मिति: ११:३५ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्