बसन्तपुरमा यः सिं ठड्याइएसँगै उपत्यकामा सुरु भयो इन्द्रजात्रा (फोटो फिचर)
काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ।काठमाडौं, भदौ २२ : काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ।
काठमाडौंको हनुमानढोकामा इन्द्रजात्राको लिंगो (यः सिं) ठड्याइएसँगै विधिवत् रुपमा इन्द्रजात्रा सुरु हुने गर्छ । बुधबार बिहान ७ः१५ बजेको शुभ साइतमा लिंगो ठड्याइएको हो ।भक्तपुरको चित्तपोलस्थित यस् सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ
१२ औँ देखि १८ औँ शताब्दीमा निर्मित मठ, मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ ।
लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँदछन् । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ।
प्रकाशित मिति: १०:३५ बजे, बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

