Kathmandu Press

महन्थ ठाकुर सप्तरी २ बाट उम्मेदवार सिफारिश

सप्तरी, भदौ २२ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिरफारिश गरिएको...
महन्थ ठाकुर सप्तरी २ बाट उम्मेदवार सिफारिश

सप्तरी, भदौ २२ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिरफारिश गरिएको छ।  

लोसपाको क्षेत्रीय भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि थाकुरको नाम सिफारिश गरेको केन्द्रीय सदस्य गजेन्द्र मण्डलले जानकारी दिए। प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिश गरिएको छ।

त्यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ दुलारीदेवी खङ्ग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिश गरिएको उनले बताए।

प्रदेशसभाका सदस्यका लागी क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ केशवकुमार झा, उषाकुमारी मण्डल, विनोदकुमार मण्डल, रिका मेहता, महेन्द्र खंग खत्वे, विनोदकुमार सिंह, लक्ष्मीप्रसाद मण्डल, भोलाप्रसाद मुखिया, विनादेवी राय र  मालती सदाको नाम सिफारिश गरिएको छ।

यस्तै प्रदेशसभा सदस्यका लागी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिश गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: ०८:५३ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्