निजामती सेवा पुरस्कार घोषणा (सूचीसहित)
काठमाडौं, भदौ २२ : निजामती सेवा दिवसको अवसरमा निजामती सेवा पुरस्कार घोषणा गरिएको छ।यस अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती...
काठमाडौं, भदौ २२ : निजामती सेवा दिवसको अवसरमा निजामती सेवा पुरस्कार घोषणा गरिएको छ।
यस अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको हो। एक लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनाले पाएका छन् भने ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार ३० जनाले पाएका छन्।
निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गरिँदै आएको छ। यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने घोषणा गरिएको छैन।
सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउँदै आएको छ। २०१३ भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो। त्यहि दिनको स्मरणमा भदौ २२ गतेलाई निजामती सेवा दिवस मनाउँदै आएको छ।
प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

