Kathmandu Press

सीट बाँडफाँड टुंग्याउन गठबन्धन कार्यदलको बैठक आज

काठमाडौं, भदौ २२ : प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ।प्रधानमन्त्री निवास...
सीट बाँडफाँड टुंग्याउन गठबन्धन कार्यदलको बैठक आज

काठमाडौं, भदौ २२ : प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल गरेको थियो। सीट संख्यामा लगभग सहमति भए पनि निर्वाचन क्षेत्रका विषयमा टुंगो लगाउन बाँकी रहेको कार्यदलका सचिव केशवराज जोशीले बताए।

कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाका सीट संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल गरिरहेको छ। कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवार उठाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ।

२०७४ सालमा पाएको मत र स्थानीय चुनावको अवस्थालाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भन्ने एकीन गर्न लागिएको छ। त्यसकै आधारमा निर्वाचन क्षेत्र बाँडफाँड गरिँदै छ।

आज सीट बाँडफाँड टुंगो लगाउने गरी कार्यदलको बैठक बोलाइएको सचिव जोशीले बताए। उनका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्नेछ।

 

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्