Kathmandu Press

म्यादी प्रहरीकाे ४० दिनकाे तलब भत्ता ५० हजार भन्दा बढी

काठमाडाैं, भदाै २१ : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने छन्।...
म्यादी प्रहरीकाे ४० दिनकाे तलब भत्ता ५० हजार भन्दा बढी

काठमाडाैं, भदाै २१ : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने छन्। तलब/भत्ता, रासन, खाजाखर्च लगायत ४० दिनकाे अवधिमा एकमुष्ट ५० हजार १ सय ६० रूपैयाँ पाउने भएका हुन।

२०७९ मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि ‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले उक्त रुपैयाँ उपलव्ध गराउने भएको हो।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिसकेको छ।

प्रहरी प्रधान कार्यालयले म्यादी भर्ना प्रक्रिया दसैंअघि नै सक्ने गरी तालीका निर्धारण गरिसकेको छ।

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्