Kathmandu Press

बालयौन दुरुपयोगमा नायक पल शाह दोषी ठहर, जबरजस्ती करणी मुद्दामा पाए सफाई 

नवलपुर जिल्ला अदालतले नायक शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
बालयौन दुरुपयोगमा नायक पल शाह दोषी ठहर, जबरजस्ती करणी मुद्दामा पाए सफाई 

काठमाडौं, भदौं २१ : बलत्कार आरोपमा हिरासतमा रहेका नायक पूर्ण विक्रम शाह अर्थात पल शाहलाई अढाई वर्ष जेल सजायको फैसला गरेको छ । 

नवलपुर जिल्ला अदालतले नायक शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका थिए । 

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । 

नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेकाले तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

प्रकाशित मिति: १९:४४ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्