Kathmandu Press

असोज १ देखि दसैँका लागि बसको टिकट बुकिङ खोल्ने तयारी 

काठमाडौं, भदौ २१ : यातायात व्यवसायीले दसैँका लागि असोज १ गतेबाट लामो दूरीमा बसको टिकट बुकिङ खोल्ने तयारी थालेका छन् । टिकट बुकिङ खोल्न...
असोज १ देखि दसैँका लागि बसको टिकट बुकिङ खोल्ने तयारी 

काठमाडौं, भदौ २१ : यातायात व्यवसायीले दसैँका लागि असोज १ गतेबाट लामो दूरीमा बसको टिकट बुकिङ खोल्ने तयारी थालेका छन् । 

टिकट बुकिङ खोल्न छलफलका लागि यातायात व्यवस्था विभागले बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायलाई छलफलका लागि बोलाएको हो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाले असोज १ गतेबाट लामो दूरीमा बस टिकट बुकिङ खोल्नेगरी आफूहरूको प्रस्ताव छलफलमा राखिने बताईएको छ । 

विभागका अनुसार यातायात व्यवसायीबीच छलफल गरेर मात्र टिकट बुकिङ खोलिने छ ।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्