सावित्रा र अनिताको गोलमा नेपालको सानदार जित
स्ट्राइकरद्वय सावित्रा भण्डारी र अनिता बस्नेत चम्किएपछि महिला साफ च्यम्पियनसिपमा नेपालले भुटानमाथि ४-०काे जित निकाल्याे।
काठमाडौं, भदौ २१ : छैटाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले सानदार जित निकालेकाे छ। मंगलबार दशरथ रंगशालामा भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा नेपालले भुटानमाथि ४-०काे जित निकाल्याे।
नेपालकाे सनदार जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान २ गाेल गरे। नेपालले पहिलाे हाफमा १ र दाेस्रे हाफमा ३ गाेल गरेकाे थियाे।
१२औं मिनेटमा सावित्राले गाेल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाइन् । पहिलाे हाफ १-०मै सकियाे।
६७औं मिनेटमा सावित्राले नै नेपालकाे अग्रता दोब्बर बनाइन् । त्यसपछि ७३ र ८४औं मिनेटमा अनिताले गोल गरेपछि नेपालले भुटानमाथि ४–० को फराकिलो जित निकाल्याे।
प्रतियाेगितामा नेपाललसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । समूहको बीमा रहेको नेपालले समूह चरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।
प्रतियाेगिताअन्तर्गत बुधबार भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स भिड्ने छन्।









-ink-1740145571.jpeg)

