Kathmandu Press

महिला साफ च्याम्पियनसीप फुटबल : पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडाैं, भदाै २१ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत जारी भुटानविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ। पहिलो हाफमा नेपाल १–० गोलको स्थितिमा...
महिला साफ च्याम्पियनसीप फुटबल : पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडाैं, भदाै २१ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत जारी भुटानविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ। पहिलो हाफमा नेपाल १–० गोलको स्थितिमा छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी उद्घाटन खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी हुन्। उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन्। वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो।  

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन्। सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन्।

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्