Kathmandu Press

बालेनको अर्को ‘एक्सन’ : विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिने अल्टिमेटम

एकपछि अर्को एक्सनमा उत्रिएका बालेनको निर्देशनपछि महानगरले यस्तो निर्णय गरेको हो । 
बालेनको अर्को ‘एक्सन’ : विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिने अल्टिमेटम

काठमाडौं, भदौं २२ : काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । 

मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो । एकपछि अर्को एक्सनमा उत्रिएका बालेनको निर्देशनपछि महानगरले यस्तो निर्णय गरेको हो । 

महानगरले थापाथलीस्थित खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड सिंहदरबारलाई पत्र लेखेको छ । 

यस्तै, महानगरले नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल स्वयम्भू, आरबी कम्प्लेक्स न्युरोड, काठमाडौं प्लाजा पुतलीसडक, नेपाल सेयर मार्केट पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज सामाखुसीलाई पनि पत्र लेखेको छ ।

तोकिएको समयमा कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने महानगरले जनाएको छ। 

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्