Kathmandu Press

केही नेपाल ऐन संशोधन गर्ने विधेयक बहुमतले पारित

काठमाडौं, भदौ २१ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
केही नेपाल ऐन संशोधन गर्ने विधेयक बहुमतले पारित

काठमाडौं, भदौ २१ : प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए। 
    
सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेटघण्टी बजाई गणपूरक सङ्ख्या गणना गर्न लगाउनु हुँदा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो। त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालकासम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गरेका थिए। 

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको  कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजे बस्नेछ।  

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्