Kathmandu Press

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता 

काठमाडौं, भदौ २१ : भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार पुगेर सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवालाई भेटेका हुन्...
प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता 

काठमाडौं, भदौ २१ : भारतीय सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबार पुगेर सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताएका हुन् ।

उनले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।
 

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्