Kathmandu Press

संसदको कार्यकालका सम्बन्धमा सरकारपक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ : गगन थापा 

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकालका सम्बन्धमा बहस गर्दा सबै सांसदहरु एक ठाउँमा उभिनुपर्ने...
संसदको कार्यकालका सम्बन्धमा सरकारपक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ : गगन थापा 

काठमाडौं, भदौ २१ : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकालका सम्बन्धमा बहस गर्दा सबै सांसदहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद थापाले कार्यकालको विषय सार्वजनिक विषय भएकाले सत्तापक्ष र प्रतिपक्षका रुपमा उभिन नहुने बताएका हुन् । 

उनले संसदको गरिमा कायम राख्न सबै एकैठाउँमा उभिन आवश्यक रहेको बताए ।‘यो बुझ्दै गर्दाखेरि सरकारवालालाई मात्रै यो दोष लाग्ने होला भन्ने कतिपयलाई लाग्छ होला ।  कहिलेकाँही संसद्को प्रतिष्ठाको लागि हामी एकठाउँ उभिनुपर्छ । हामी उभिएनौं भने त्यसको दाग हामी सबैलाई लाग्छ,’ उनले भने । 

कार्यकालबारे विभिन्न सांसदहरुले आफ्ना आफ्नो कुरा राखेपनि बाहिर दुई महिनाको पारिश्रमिक लिनकै लागि हो भन्ने बुझिएको र बुझाईएको थापाले बताए । ‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी विचार निर्माण गर्नुपथ्र्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर भने मानौं हामी एक–दुई महिनाको पारिश्रमिक र सेवासुविधाका निम्ती सबै मरिहत्ते गरिरहेका छौं,’ उनले भने। 

सांसद थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएदेखि सुरु हुने र कार्यकाल अन्त्य मनोनयन दर्तासँगै सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे ।

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्