Kathmandu Press

खैरो हेरोइन र साढे १० लाख नगदसहित ८ जना पक्राउ

काठमाडौं, भदौ २१ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले अवैध लागू औषध खैरो हेरोईनसहित ८ जनालाई पक्राउ गरेको छ ।  व्युरोले मंगलबार काठमाडौंमा...
खैरो हेरोइन र साढे १० लाख नगदसहित ८ जना पक्राउ

काठमाडौं, भदौ २१ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले अवैध लागू औषध खैरो हेरोईनसहित ८ जनालाई पक्राउ गरेको छ ।  

व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोईनसहित ३ जना र २ सय ४७ ग्राम खैरो हेरोईनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो । 

पक्राउ पर्नेमा ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सो हि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् । त्यस्तै काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाइ लागू औषध खैरो हेरोईनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए। 

उनीहरुलाई लागू औषध बिक्रि गर्ने झापाका अप्सरा राजबंशी र उनलाई पनि सप्लाई गर्ने  नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै  नगद रु १० लाख ४० हजार सहित पक्राउ गरिएको खनालले बताए। त्यस्तै व्युरोले अवैध लागू औषध २ सय ५२ एम्पुलसहित चार जनालाई बिभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए। 

व्युरोले काठमाडौंका बिभिन्न स्थानबाट दुई केजी गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ। 

प्रकाशित मिति: १६:०० बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्