सहमतिमै सिट बाँडफाँटको टुंगो लगाउछाैं : नेपाल
काठमाडौं, भदौ २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्ग्याउने कोशिस भइरहेको बताएका छन् ।मंगलबार काठमाडौंमा नेपाल दलित...
काठमाडौं, भदौ २१ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्ग्याउने कोशिस भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्ग्याउने कोशिस भइरहेको बताए।
उनले सिटको बाँडफाँटको बिषय कति सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उल्लेख गरे। स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सवै स्थानमा उम्मेदवारी दिने धारणा राखे।
उनले आगामी निर्वाचनमा कलम चिन्हलाई बिजयी गराउनका लागि जिल्ला जिल्लामा परिचालित हुन निर्देशन पनि दिए।
प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

