असन क्षेत्रका फुटपाथमा सञ्चालित व्यवसाय महानगरले हटाउन थाल्याे (तस्बिरहरु)
उक्त क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित व्यवसाय हटाउनका लागि माइकिङ गरिएको र भोलिसम्म नहटाए महानगरको गाडी आएर उठाउने नगर प्रहरी प्रमुख पाण्डेले बताए ।काठमाडौं, भदौ २१ : काठमाडौं महानगरपालिकाले असन क्षेत्रको फुटपाथ व्यवसाय हटाउने थालेको छ ।
मंगलबार महानगर प्रहरीले असन, इन्द्रचोक, भोटाहिटी लगायतका क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित व्यवसाय हटाउन सुरु गरेको हो । इन्द्रचोक क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित भइरहेको पार्किङ, मन्दिर वरपरको पसल हटाउन थालिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
उक्त क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित व्यवसाय हटाउनका लागि माइकिङ गरिएको र भोलिसम्म नहटाए महानगरको गाडी आएर उठाउने नगर प्रहरी प्रमुख पाण्डेले बताए।
प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार