विशेषज्ञ चिकित्सकबाट चोलेन्द्रको मानसिक स्वास्थ्य जाँच गर्न माओवादी सांसद महतको माग
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महतले महाभियोग समितिमा बयान दिइरहेका जबराले मर्यादाविपरित र गैरजिम्मेवार ढंगले विषयवस्तु बाहिर गएर गालीगलौजमा उत्रिएका कारण विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउनुपर्ने बताएका हुन्।
काठमाडौं, भदौ २१ : नेकपा माअोवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महतले महाभियोग समितिमा बयान दिइरहेका जबराले मर्यादाविपरित र गैरजिम्मेवार ढंगले विषयवस्तु बाहिर गएर गालीगलौजमा उत्रिएका कारण विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गराउनुपर्ने बताएका हुन् ।
जबराले पद तथा गोपनीयतको शपथ ग्रहण गर्दा प्रतिवद्धता जनाएका कुराहरुलाई बिर्सेर मर्यादाविपरित व्यक्तिको चरित्र हत्यामा उत्रिएको महतले आरोप लगाएका छन् । ‘महाभियोगको ऐन २०५९ को दफा ७ र ८ मा यस्ता हर्कत गर्नेमाथि विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गर्न सकिने प्रष्ट उल्लेख छ,’ उनले भने ।
महतले जबरा न्यायालयका लागि बोझ साबित भइसकेको समेत बताएका छन् ।









-ink-1740145571.jpeg)

