Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

काठमाडौं, भदौ २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा उनलाई बधाई दिएका छन् । ४७ वर्षीया लिज ट्रस...
प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

काठमाडौं, भदौ २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा उनलाई बधाई दिएका छन् । 

४७ वर्षीया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन्। 

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्