Kathmandu Press

रुपन्देही–२ मा माओवादी केन्द्रबाट विनोद पहाडी उम्मेदवार सिफारिस 

काठमाडौं, भदौ २१ : नेकपा माओवादी केन्द्रले रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि विनोद पहाडीलाई उम्मेदवार सिफारिस गरेको छ।क्षेत्रीय कमिटीको बैठकले पहाडीलाई...
रुपन्देही–२ मा माओवादी केन्द्रबाट विनोद पहाडी उम्मेदवार सिफारिस 

काठमाडौं, भदौ २१ : नेकपा माओवादी केन्द्रले रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि विनोद पहाडीलाई उम्मेदवार सिफारिस गरेको छ।

क्षेत्रीय कमिटीको बैठकले पहाडीलाई सर्वसम्मतरुपमा सिफारिस गर्ने निर्णय गरेको हो । पहाडी संविधान सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष र राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन् ।

त्यसैगरि प्रदेश सभातर्फ २ (क) मा पुष्पराज ढकाल, मनोज राना, हुमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिस गरेको छ ।

२ (ख) मा वामदेव क्षेत्री र नारायण जिसीलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी सचिव विष्णु ढकालले जानकारी दिए ।


 

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्