Kathmandu Press

गठबन्धनमा न्यायोचित र सम्मानजनक ढंगले सिट बाँडफाँट हुन्छ : कार्की

काठमाडौं, भदौ २१ : सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सत्ता गठबन्धनको कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले पाँच दलीय गठबन्धनबीच न्यायोचित र सम्मानजनक ढंगले...
गठबन्धनमा न्यायोचित र सम्मानजनक ढंगले सिट बाँडफाँट हुन्छ : कार्की
फाइल तस्बिर

काठमाडौं, भदौ २१ : सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सत्ता गठबन्धनको कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले पाँच दलीय गठबन्धनबीच न्यायोचित र सम्मानजनक ढंगले सिट बाँडफाँट हुने बताएका छन् । 

नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले गठबन्धनका सबै दलले सम्मानजनक सिट पाउने बताएका हुन् । , ‘सिट तीन आधारमा बाँडफाँट हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ,’ उनले भने।  

कार्कीले गठबन्धन दलहरुको सिद्धान्त फरक भएपनि मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितको पक्षमा साझा धारणा रहेको बताए । उनले मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको बताए । गठबन्धन कसैका विरुद्ध नबनको कार्कीको भनाई थियो । 


 

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्