आज सीट बाँडफाँड टुंग्याउने गठबन्धन कार्यदलको तयारी
काठमाडौं, भदौ २२: सत्तारुढ गठबन्धनको कार्यदलले आज सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सीट बाँडफाँडको खाकामाथि छलफल...
काठमाडौं, भदौ २२: सत्तारुढ गठबन्धनको कार्यदलले आज सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सीट बाँडफाँडको खाकामाथि छलफल भएको थियो। कार्यदल लगभग सहमतिको बिन्दुमा पुगेको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
उनका अनुसार सोमबारको बैठकमा निर्वाचन क्षेत्रका विषयमा पनि छलफल भएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कुन क्षेत्रमा कसको अवस्था कस्तो छ भन्ने विश्लेषण गरिएको छ।
त्यसका आधारमा कुन निर्वाचन क्षेत्रमा कसको उम्मेदवार उठाउने भन्ने विषयमा पनि छलफल भएको छ। निर्वाचन क्षेत्रगत रुपमा पनि कसको अवस्था कस्तो छ भन्ने छलफल गरेका छौं, कार्कीले भने।
यससँगै प्रदेश सभाको सीट बाँडफाँडका विषयमा पनि छलफल भएको छ। त्यहाँ पनि प्रदेशगत क्षेत्रका विषयमा पाँच दलको अवस्थाबारे खाका तयार गरिएको उनले बताए।
तालमेलाको मोडालिटी टुंगो लगाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकलेसीट बाँडफाँडसँगै निर्वाचन क्षेत्रको पनि टुंगो लगाउने तयारी रहेको उनले बताए।








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
