Kathmandu Press

आजबाट काठमाडौंमा साफ च्याम्पियनसिप

काठमाडौं, भदौ २२ : साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुने भएको छ।आज उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन...
आजबाट काठमाडौंमा साफ च्याम्पियनसिप

काठमाडौं, भदौ २२ : साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुने भएको छ।

आज उद्घाटन खेलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ।

प्रतियोगितामा दक्षिण एशियाका सात देशको सहभागिता रहेको छ। सातै देशलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइनेछ।

प्रतियोगितामा सहभागी हुन भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको टोली काठमाडौं पुगिसकेको छ।  

समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् भने समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन्।

 

प्रकाशित मिति: ०८:०८ बजे, मंगलबार, भदौ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्