प्रचण्ड बागलुङ २ बाट पनि उम्मेदवार सिफारिश
बागलुङ, भदौ २२ : नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिश गरेको छ।बागलुङ...
बागलुङ, भदौ २२ : नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिश गरेको छ।
बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले प्रचण्डलाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिश गरेको माओवादी बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए।
दुई दिन अघिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिश गरेको थियो। त्यसलगत्तै माआवादीले पार्टी अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभाका लागि सिफारिश गरेको हो।
यस क्षेत्रमा अघिल्लो पटक वाम गठबन्धनबाट शिक्षामन्त्री तथा माओवादीका सचिव देवेन्द्र पौडेलले जितेका थिए।
प्रकाशित मिति: ०८:०० बजे, मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![श्रावण अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786339914.jpg)

-ink-1740145571.jpeg)
