Kathmandu Press

चुनावी तालमेल र सिट बाँडफाँट मङ्गलवारसम्म टुंगिने 

काठमाडौं, भदौं २० : पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई...
चुनावी तालमेल र सिट बाँडफाँट मङ्गलवारसम्म टुंगिने 

काठमाडौं, भदौं २० : पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलवार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । दललाई प्राप्त मत अनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताए । कार्यदलको बैठक मंगलबार बेलुकी ६ बजे फेरि बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।

गठबन्धनमा आबद्ध दलले आउँदो चुनावमा तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । 

प्रकाशित मिति: २०:२९ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्