Kathmandu Press

एकदिवसीय सिरिजमा नेपालको क्लिनस्विप

जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले लिस्ट ए मान्यता पाएको एकदिवसीय सिरिजमा क्लिनस्विप परेको हो।
एकदिवसीय सिरिजमा नेपालको क्लिनस्विप

काठमाडाैं, भदाै २० : केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालले क्लिनस्विप गरेको छ। सोमबार नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले लिस्ट ए मान्यता पाएको एकदिवसीय सिरिजमा क्लिनस्विप परेको हो।

३ खेलकको सिरिजको खेलमा पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा १७ रनको जित निकालेको थियो। यसअघि नोपलले ५ खेलको टि–२० सिरिज ३–२ले जितेको थियो।

२५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपाललाई जित दिलाउन ओपनरद्वय आसिफ सेख, अर्जुन साउद र अलराउन्डर बसिर अमदमले अर्धशतकीय योगदान दिए।

अर्जुन ९० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाउँदा आसिफ ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए । यी दुई पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए।

यस्तै, बसिर ४९ बलमा ७ चौकासहित ५२ रनमा नटआउट रहे । नटआउट नै रहेका कप्तान रोहितकुमार पौडेलले ४६ बलमा ४ चौकासहित ४६ रन बनाए । यी दुई पाँचौं विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । पूर्वकप्तान ज्ञानेन्द्र मल्ले ३३ रन बनाए।

केन्याका भिराज पटेलले २ तथा शेम गोचे र याश तालातीले समान १ विकेट लिए ।

त्यसपछि टस जितेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनायो ।इनिङको अन्त्यतिर लुकास एनडानडासनले विस्फोटक ब्याटिङ गरेपछि केन्याले ठूलो योगफल बनाएको हो । लुकासले नटआउट ५९ रन बनाए। उनले २७ बलमा समान ५ चौका र छक्का प्रहार गरे। बसिर अहमदको अन्तिम ओभरमा मात्रै उनले २० रन बनाएका थिए।

त्यसपछि कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाएका थिए। यस्तै, सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन को योगदान दिए।

नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २ विकेट लिँदा बसिर अहमद र शाहब आलमले समान १ विकेट लिए ।

 

प्रकाशित मिति: १९:४३ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्