Kathmandu Press

रविले हिरासतमा रहेका सुरक्षागार्डसँग फोटो खिचाएको विषयमा छानविन गर्न समिति गठन 

काठमाडौं, भदौ २० : पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंंग गुरुङसँग रवि लामिछानेले फोटो खिचेपछि दरबारमार्ग प्रहरी वृत्तमाथि छानविन हुने...
रविले हिरासतमा रहेका सुरक्षागार्डसँग फोटो खिचाएको विषयमा छानविन गर्न समिति गठन 

काठमाडौं, भदौ २० : पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंंग गुरुङसँग रवि लामिछानेले फोटो खिचेपछि दरबारमार्ग प्रहरी वृत्तमाथि छानविन हुने भएको छ । 

प्रहरी हिरासतमा रहेका व्यक्तिसँग कसरी फोटो खिचियो भन्नेबारे छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हिरासतमा रहेका शेरजंग गुरुङसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनको पक्षमा स्टाटस लेखेका थिए । आफूसँगको भेटमा गुरुङले मन्त्रीमाथि कुनैपनि दुर्व्यवहार नगरेको बरु नियमको पालना गर्न भनेको रविले उल्लेख गरेका थिए। 

प्रहरी प्रधान कार्यालयले दरबारमार्ग प्रहरी वृत्तका प्रहरी निरीक्षक विकास तामाङलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेको छ । अनुसन्धान सुरु हुनु अगाडि नै  लामिछानेलाई हिरासतमा रहेका व्यक्तिसँग भेट्न दिएको कारण प्रहरी निरीक्षक तामाङको जिम्मेवारी खोसिएको प्रहरीले जनाएको छ । 

शुक्रबार क्यानडाको भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले ‘लाइनमा आउनुस्’ भनेका थिए । त्यसक्रममा विवाद भएको थियो । केहिबेरमा प्रहरीले उनलाई मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो।

मन्त्रीले शक्तिको दुरुपयोग गरेर सामान्य सुरुक्षागार्डलाई थुनेको भन्दै पर्यटनमन्त्री श्रेष्ठको चर्को आलोचना भएको छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गुरुङलाई प्रक्रिया पुर्याएर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन्। 

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्